चुनाबी अभियानमा सहिदकी आमालाई सम्मान

धरान । मातातिर्थ औँसीका अवसरमा सहिद लिलाप्रसाद पराजुलीकी आमा हरिमाया पराजुलीलाई सुनसरीको धरानमा शनिबार सम्मान गरिएको छ ।

सहिदकी आमा पराजुलीलाई वाम–लोकतान्त्रिक गठबन्धनबाट धरान उपमहानगरपालिकामा उम्मेदवार बनेकाहरुले चुनाबी अभियानकै क्रममा सम्मान गरेका हुन् ।

गठबन्धनका धरान प्रमुखका उम्मेदवार किशोर राई र उपप्रमुखका उम्मेदवार आइन्द्रविक्रम वेघाले पराजुलीलाई सम्मान गरेका थिए । स्थानीय तहको निर्वाचनको घरदैलो कार्यक्रममा सम्मान गरिएको हो ।

सहिद पराजुली २३ वर्षको उमेरमा परिवर्तनको आन्दोलनमा सहभागी हुँदा सुरक्षाकर्मीबाट मारिएका थिए । २० वर्ष बितिसक्दा पनि छोरो घर नफर्किएको हरिमायाको भनाई छ । उनले भनिन् ‘जनयुद्धको समयमा साथीहरुसँग घरबाट निस्केको थियो, हालसम्म फर्किएन । अन्य साथीहरु घर फर्किए ।’ उनले थपिन्, ‘पार्टीका मान्छेले छोरो सहिद भएको खबर दिए । तर, लास देख्न पाएनौं ।’

गठबन्धनका उपप्रमुखका उम्मेदवार आइन्द्र विक्रम वेघाले धरानका युवाहरुको साथ र वृद्धवृद्धा आमाबुबाहरुको आशिर्वादले मनोबल बढेको बताए ।

शनिबार, १७ बैशाख, २०७९, रातीको ०९:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर