माओवादी नेता गुरुङ भन्छन्, ‘चीनको चासो अझै वाम एकतामा छ’

विराटनगर । मुलुकका दुई ठूला वाम दल नेकपा एमाले र माओवादी केन्द्र मिलेर ‘नेकपा (नेकपां)’ बनेको तीन वर्षपछि पार्टी दुर्घटनामा मात्रै परेन अहिले तीन वटा दलमा विभाजित भएको स्थिति छ ।

ठीक यही बेला उत्तरी छिमेकी चीन वाम दल मिलाउने कसरतमा लागेको छ ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरूङले चीनले नेपालमा वामपन्थी एकता चाहेको बताएका छन्। गुरूङले वाम एकतामा चीनको स्वभाविक चासो हुने बताए।
भर्खरै चीनमा उच्चस्तरीय राजनीतिक भेटघाट गरेर फर्केका गुरुङले चीनको चासो वाम एकतामा रहेको प्रष्ट पारेका छन् ।

‘वाम एकतामा उसको स्वभाविक चासो हो। एउटा कम्युनिष्ट पार्टीले यस्तो अपेक्षा राख्नु र सुझाव दिनु नयाँ होइन,’ उनले भने,‘उनीहरूले नेपालको स्थिरता, स्थायित्वको र विकासको लागि कम्युनिष्टहरू मिल्दा राम्रो हुन्छ भन्ने सुझाव दिएका छन्।’

‘चाइना फाउन्डेसन फर पिस एन्ड डेभलपमेन्ट’ नामक संस्थाको निमन्त्रणामा गुरूङ चैत ११ गते चीन गएका थिए। उनी मंगलबार नेपाल फर्किएका हुन्। बेइजिङमा रहँदा नेताहरूसँग भेट्ने औपचारिक कार्यक्रम नभए पनि साँझ(बिहान अनौपचारिक छलफल भएको उनले बताए।

गुरूङले चिनियाँ नेताहरूले अमेरिकी सहयोग परियोजना एमसिसी एसिया प्रशान्त रणनीति आइपिएसकै अंग भएको दाबी गरेको बताए। संसदबाट घोषणा भएको १२ बुँदेले आइपिएसको अंग हो भन्ने रोक्नेमा आशंका रहेको समेत उनीहरूको भनाइ थियो।

 

 

 

बिहिबार, १७ चैत, २०७८, दिउँसोको १२:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर