सत्ता गठबन्धनको बैठक

महानगरको उम्मेद्वार केन्द्रबाटै तोक्ने निर्णय

विराटनगर । स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनले महानगरपालिकाहरुको उम्मेद्वार केन्द्रबाटै टुंग्याउने निर्णय गरेका छन् ।

सत्तारुढ दल आगामी स्थानीय तहको निर्वाचनमा एकताबद्ध भएर जाने भएका छन् । काँग्रैसले तालमेल गर्ने निर्णय गरेपछि भएको गठबन्धन बैठकले यस्तो निर्णय गरेको हो ।

बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले एकताबद्ध भएर स्थानीय चुनावमा जाने सहमति भएको हो ।

बैठकबाट बाहिरिएका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले चुनावमा एक भएर जाने सहमति भएको बताउँदै देशभरका ६ महानगरको उम्मेदवारको टुंगो केन्द्रीय गठबन्धनले नै टुंगो लगाउने सहमति भएको बताए ।

‘‘स्थानीय निर्वाचनमा एकताबद्ध भएर जाने सहमति भएको छ । महानगरको निर्णय माथिबाट टुंगो लगाइनेछ’, बैठकबाट बाहिरिने क्रममा उनले भने । अन्य स्थानीय तहको हकमा भने तल्लो तहले नै निर्णय गर्न दिने सक्ने बताउँदै त्यसका लागि सबै दलको संयन्त्र बनाइने बताए ।

बाँकी प्रक्रियाका विषयमा पुनः छलफल गरेर अगाडि बढ्ने खनालको भनाइ छ ।

 

 

 

 

 

बिहिबार, १७ चैत, २०७८, दिउँसोको १२:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर