कुटपिटबाट मानसिक सन्तुलन गुमाएकी महिलालाई अमेरिकाबाट सहयोग

बेलबारी। मोवाइल चोरीको आरोपमा छिमेकी महिलाहरुको कुटपिटबाट मानसिक सन्तुलन गुमाएकी मोरङ कानेपोखरी गाउँपालिका ५ चिसाङ बस्तीकी २५ वर्षीया शोभा दर्जीलाई अमेरिकामा बस्ने पाँच जना नेपालीहरुले सहयोग गरेका छन् ।

कुटपिटबाट मानसिक सन्तुलन गुमेपछि चार महिना अस्पतालमा भर्ना भएर उपचार गराउन बाध्य भएकी शोभालाई उपचार वापतको ऋणतिर्नका लागि अमेरिकामा बस्ने रमेश दर्नाल, दिपक परियार, दिलिप नेपाली, रायन लामगादे र पुन्यवती रम्तेलले नगद ५० हजार रुपैयाँ सहयोग गरेका हुन् ।

कुटपिटबाट मानसिक सन्तुलन गुमेपछि उपचारमा आर्थिक समस्या भएको समाचार नयाँपत्रिका लगायतका पत्रपत्रिकामा निरन्तर प्रकाशित भएपछि अमेरिकामा बस्दै आएका युवाहरुले विराटनगरका अधिवक्त्ता जयराम सुन्दासमार्फत नगद सहयोग उपलब्ध गराएका हुन् ।

उनीहरुले उपलब्ध गराएको नगद ५० हजार रकम शनिवार नयाँपत्रिका दैनिकका प्रदेश १ समाचार ब्यूरो प्रमुख गणेश लम्सालले पीडित महिलालाई आमाबुबाको उपस्थितिमा हस्तान्तरण गरे । उक्त रकम सोही समयमा पीडित महिला शोभाले उपचार गराउँदा औषधी खर्च वापत तिर्नुपर्ने रकम चार लाखमध्ये ५० हजार विराट औषधी पसलका प्रतिनिधि बेनुप ढकाललाई प्रदान गरिन् ।

खोलामा गिटी कुटेर खाने सकुम्बासी परिवार भएकोले उनीहरुले धरान स्थित विपी स्वास्थ्य प्रतिष्ठानमा उपचार गराउँदा अझै विराट औषधी पसलको तीन लाख ७५ हजारसहित खाना खाएको क्यान्टिन अनि अन्य पसलको गरेर अझै पाँच लाख रुपैयाँ तिर्न बाँकी रहेको शोभाका बाबु लाखमन दर्जीले बताए । उनले उपचार वापतको रकम तिर्न ५० हजार रुपैया ँसहयोग गरेका अमेरिकामा बस्ने नेपालीहरुलाई धन्यवाद दिए ।

आमा देबीमाया दर्जीले उपचारमा लागेको खर्च अस्पतालले मिनाह गरेपनि नीजि औषधी पसल र क्यान्टिन अनि ब्लड बंैकको रकम भने अझै तिर्न नसकेकोले सहयोग गरिदिन सरकार र मनकारी दाताहरुसँग अनुरोध गरिन् ।

१ जेठ २०७८ जेठमा छिमेकी महिलाहरुबाट मोवाइलको सिमचोरी गरेको अरोपमा कुटपिटले गर्दा मानसिक सन्तुलन गुमाएकी शोभा हाल अस्पालबाट डिस्र्चाज भएर घरमा आराम गरिहेकी छन् ।

कुटपिटमा संलग्न छिमेकी महिलाहरु मोरङ कानेपोखी गाउँपालिका ५ का २६ वर्षीया पुष्पा र २५ वर्षीया निरमाया मगर, ५४ वर्षीया बिन्दा र ३० वर्षीया बबिता मगर जातिय विभेद तथा छुवाछुत कसुर आरोपमा पुर्पक्षका लागि अदालतबाट धरौटीमा छुटेका छन् । शरिरभरि चोट भएको र मानसिक सन्तुलन गुमेर चार महिनाको गर्भ खेर गएपनि प्रहरीले ज्यानमार्ने उद्योग र कुटपिट कसुरमा भने मुद्दा दर्ता गराएन ।

शनिबार, १७ पुष, २०७८, रातीको ०८:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर