सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु ३ जना घाइते

विराटनगर । सुनसरी र झापा दुई छुट्टा–छुटै स्थानमा सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु र ३ जना घाइते भएका छन् ।

मंसिर २९ गते सुनसरीको भोक्राहा नरसिंह गाँपालिका–६ स्थितमा प्रदेश १–०२–०४४ प ३५४० नम्बरको मोटरसाईकलले स्थानीय ४० वर्षीय बैजनाथ ऋषिदेवलाई ठक्कर दिई दुर्घटना हुँदा ऋषिदेवसहित मोटरसाइकल चालक भोक्राहा–८ का २१ वर्षीय सराज आलम, पछाडि सवार २३ वर्षीय ईरसाद आलम र महपुज आलमसमेत घाइते भई उपचारको लागि जिल्ला अस्पताल सुनसरी पुर्‍याईएकोमा उपचारको क्रममा मध्य राती साढे ११ बजे ऋषिदेवको मृत्यु भएको हो ।

त्यसैगरी मंसिर २९ गते राती पौने ८ बजे झापाको कन्काई नगरपालिका–७ दुर्गापुर स्थितमा ना ५ ख ७९३७ नम्बरको बसले र विपरीत दिशाबाट आउँदै गरेको मे ७ प २८४६ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक ईलाम रोङ गाँउपालिका–६ का ३३ वर्षीय सन्तोष राई र पछाडि सवार ४० वर्षीय चन्द्रबहादुर राई घाइते भई उपचारको लागि बिएण्डसि अस्पताल बिर्तामोड पुर्‍याईएकोमा उपचारको क्रममा राती पौने ९ बजे दुबै जनाको मृत्यु भएको हो ।

बस र बस चालक ईलामको चुलाचुली गाँउपालिका–६ का ३१ वर्षीय सरोज ढकाललाई ईलाका प्रहरी कार्यालय सुरुङगाको नियन्त्रणमा लिईएको छ । घटना सम्बन्धमा प्रहरीद्वारा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बिहिबार, ०१ पुष, २०७८, दिउँसोको ०२:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर