आयातमा कडाइ गर्ने नीतिमा वाणिज्य र अर्थ मन्त्रालयको विमति

काठमाडौं । मुलुकको ढुकुटीमा डलर सञ्चिति रित्तिँदै गएको भन्दै आयातमा कडाइ गर्ने राष्ट्र बैंकको नीतिप्रति वाणिज्य तथा आपूर्ति र अर्थ मन्त्रालयले विमति जनाएका छन् । राष्ट्र बैंकले विलाशिताको वस्तु आयातमा कडाइ गर्ने भन्दै प्रचार गरिरहेकोप्रति आपत्ति जनाउँदै अर्थ मन्त्रालयले यसबारे कुनै आधिकारिक धारणा नबनेको बताएको छ ।

आयातमा कडाइ गर्ने बाहनामा व्यापारलाई कोटा र लाइसेन्ससिङ प्रक्रियामा धकेल्न खोजिएको भन्दै वाणिज्यले राष्ट्र बैंकको आलोचना गरेको छ । डलर सञ्चिति घट्नुका कारण, आयातको अवस्था र कमजोरी नियाली रहेको अर्थ मन्त्रालयका एक अधिकारीले बताए । ‘अनावश्यक प्राचार भइरहेको छ, हामी आयात रोक्न होइन, कमजोरी केलाएर समाधानमा लागेका छौं,’ ती अधिकारीले भने ।

उता राष्ट्र बैंकले आयात र आपूर्ति व्यवस्थामा प्रत्यक्ष असर गर्ने प्रतितपत्रमा डलरको सीमाबारे निर्णय गर्दा एक पटक पनि सल्लाह नगरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको गुनासो छ ।

उद्योगी र व्यापारीले गर्ने आयात तथा यसको बजार अर्थतन्त्रको प्रभावबारे नसोची राष्ट्र बैंकले निर्णय र प्रचार गरेको मन्त्रालयको बुझाइ छ । राष्ट्र बैंकले आयातको प्रतितपत्र एलसीमा डलर सटहीको सीमामा गरेको कडाइले व्यापारी र उद्योगीलाई राष्ट्र बैंकको ढोका धाएर बिन्ती गर्नुपर्ने अवस्था बनाएको मन्त्रालयको दाबी छ ।

– अनलाइनखबर

बुधबार, २२ मंसिर, २०७८, दिउँसोको ०४:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर