रत्ना होटलका कर्मचारी सम्मानित

विराटनगर । विराटनगरस्थित रत्ना होटलले आफ्ना कर्मचारीहरूलाई सम्मान गरेको छ । होटलले मंगलबार एक कार्यक्रम आयोजना गरि लामो समयदेखि काम गर्दै आएका दुइ दर्जन कर्मचारीहरूलाई सम्मान गरेको हो ।

सम्मानित हुने कर्मचारीहरू होटलमा दुई दशकसम्म काम गर्ने रहेका छन् । यसरी सम्मानित हुनेहरूमा इश्वर श्रेष्ठ, शम्भू खत्री, अर्जुन खत्री, प्रदिप राउत, सत्यनारायण यादव, कृष्ण यादव, निर्मल अधिकारी, पुष्प मगर, जीवन लिम्बू, रुपचन्द्र पासवान, राजेश गुरुङ, लक्ष्मी पाण्डे, मेहेश्वर सिंह, दिक्षा प्याकुरेल र सुवद्रा भण्डारी रहेका छन् । सम्मानित हुने कर्मचारीहरूलाई होटलका अध्यक्ष रेवतबहादुर थापाले दोसल्ला र नगदसहित सम्मान गरेका थिए ।

कार्यक्रममा अध्यक्ष थापाले सम्भवना बोकेको क्षेत्र पर्यटनलाई प्राथकितामा राख्न नसकेको बताए । पर्यटन प्रर्वद्धनको क्षेत्रमा राज्यले लगानी गर्न नसक्दा यस क्षेत्र पछाडि गरेको उनको भनाइ थियो ।

मङ्गलबार, २१ मंसिर, २०७८, साँझको ०५:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर