नेपाल बैंक दुहबीले गर्यो ग्राहकलाई सम्मान

विराटनगर । नेपालको पहिलो बैंक नेपाल बैक लिमिटेडको सुनसरीस्थित दुहबी शाखाले वित्तीय साक्षरतासँगै ग्राहकलाई कदर तथा सम्मान गरेको छ ।

कार्यक्रममा २५ जनाभन्दा बढी सेवाग्राहीलाई सम्मान गरिएको थियो भने ७० जनाभन्दा बढी वित्तीय साक्षरता कार्यक्रममा सहभागी जनाएका थिए । कार्यक्रममा नगदरहित कारोबार र यसको महत्व, साईबर सुरक्षा तथा बैंकको समसामयिक सेवा सुबिधाहरुको विषयमा प्रशिक्षित गराईएको संयोजक श्रेष्ठले बताए ।

बैंककै भबनमा बैकका सहायक शाखा प्रबन्धक शिव श्रेष्ठको संयोजकत्वमा र बैकका शाखा प्रबन्धक प्रतिक बान्ताबाको अध्यक्षतामा कार्यक्रम भएको हो । दुहबी नगरपालिका बडा नं. ५ मा पर्ने उक्त बैकले सोही वडाका वडा सचिब उषा चौधरीलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरेको थियो ।

सोमबार, २० मंसिर, २०७८, बिहानको ११:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर