विराटनगर । सुनसरीको इटहरीदेखि चोरी गरेको मोटरसाइकल बेच्दै गर्दा प्रहरीले एक जना चोरलाई पक्राउ गरेको छ । सीमा प्रहरी चौकी रानी विराटनगरले चोरी गरेको बा. ९४ प ९९२६ एफजेट मोटरसाइकलसहित ताप्लेजुङ घर भएका २३ वर्षिय सुरेश खड्कालाई बुधबार पक्राउ गरेको हो ।
पक्राउ परेका खड्काले मोटसाइकल चोरेर नेपाल भारतको सीमा दशजगा क्षेत्रमा भारतीय नागरिकलाई १५ हजारमा बेच्दै गर्दा सीमा प्रहरी चौकीका प्रमुख सही डिल्ली देवकोटाको टोलीले पक्राउ गरेको हो । पक्राउ परका खड्काले इटहरीदेखि पार्किङ गरेको अवस्थामा राखिएको मोटरसाइकल चोरी गरेको प्रहरीलाई बताएको छ । मोटसाइकल धनीको पहिचान हुन सकेको छैन ।
विराटनगरसहित पूर्वी सहरदेखि चोरी भएको मोटसाइकल खुल्ला सीमाको फाइदा उठाउँदै गिरोहले भारतमा पु¥याएमा मोटसाइकल बिक्री गर्ने गरेको खुलेको छ । ‘चोरी भएको मोटसाइकल पनि सीमावर्ती बजार जोगवनीमा पु¥याएर विक्री गर्ने गरेको पाइएको छ । बुधबार पक्राउ गरेको मोटसाइकल पनि चोर र मोटसाइकल किन्ने बीच मुल्यमा कुरा नमिल्दा प्रहरी टोलीले पुगेर पक्राउ गरेको हो,’ अनुसन्धानमा संलग्न एक प्रहरीले भने, ‘चोरले १५ हजार भन्दै थियो । मोटसाइकल किन्नेले १० हजार भन्दा दिन्न भन्दै थियो । यतिकैमा गोप्य सूचनाको आधारमा मोटसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरिन सफल भएको हो ।’ प्रहरीले चोरी आरोपमा पक्राउ गरेको खड्का र मोटसाइकल विराटनगर १६ दक्षिण गेटको दशगजा क्षेत्रदेखि बरामदर गरेको हो ।
सीमा प्रहरी चौकीले यसअघि पनि दशैं र तिहारको बिचमा चार जना प्याकेटमारालाई पक्राउ गरेको थियो । पक्राउ परेको साथदेखि प्रहरीले १० हजार रुपैयाँ पनि बरामद गरेको थियो ।