विराटगनर । मोरङ व्यापार संघको सधारणसभा फेरि सरेको छ । मंसिर १२ गते आयोजना गर्ने तय भई सूचना गरिसकेको भएपनि विशेष कारणले केही दिनका लागि ६५ औं साधारणसभा स्थगित गरेको हो ।
मंसिर १२ गते आइतबारका लागि बोलाइएको साधारणसभा १७ गते शुक्रबारका लागि सरेको हो । संघका महासचिव अनिलकुमार साहले शनिबार सार्वजनिक सूचना जारी गरी १७ गतेका लागि साधारण सभा सरेको जानकारी गराएका हुन् ।
संघले साधारणसभाको मिति परिवर्तन भएपनि कार्यक्रमहरुमा कुनै परिवर्तन नभएको जनाएको छ । केही समय अघिनै अवधि समाप्त भइसकेको संघले निर्धारित समयमा साधारण सभा गराउन सकेको छैन । साउन महिनादेखि पटक पटक साधारणसभाको मिति सर्दै आएको छ ।