विराटनगर । नेपाल राहत शिक्षक दोस्रो प्रदेश एक समितिको अधिवेशन सुनसरीको इटहरीमा आउँदो पुस ३ गते गर्ने तय भएको छ ।
प्रदेश १ को राहत शिक्षक प्रदेश समितिको आज सुनसरीको इटहरीमा बसेको बैठकले अधिवेशन गर्ने निर्णय गरेको हो ।
इटहरीस्थित कविर माविमा बसेको बैठकले सर्वसम्मत रुपमा यसअघि स्थगित अधिवेशन पुनः गर्ने निर्णय गरेको हो ।
देशैभर करिब ४० हजार जना राहत शिक्षक रहेका छन् भने प्रदेश १ मा करिब ९ हजार रहेको बताइएको छ ।