विराटनगर । विराटनगर– ८ अशोक चौकका एक जना युवामाथि ७ जनाको समूहले खुकुरी प्रहार गरि घाइते बनाएका छन् । आज विहान ८ बजे हरिहर चौकस्थित ८ जनाको समूहले खुकुरी प्रहार गरि अफाक आलमलाई घाइते बनाएका हुन् ।
घाइते भएका आलमको खुट्टा, हात, शरिरको विभिन्न भागमा चोटपटक लागेको छ । उनको उपचार विराटनगरस्थित कोशी अस्पतालमा भइरहेको छ ।
आलम घरबाट इटहरस्थित बुलेट मोटसाइकलको स्वरुम रोयल इन फिल्ट अफिस जाने क्रममा उनीमाथि आक्रमण भएको थियो । उक्त स्वरुमको आलम इन्चार्ज हुन् । स्कुटि लिएर अपिस जाने क्रममा आलमलाई बाटो छेकेर विराटनगर ८ का ३० वर्षीय मो. कादिर, २० वर्षीय मो. साराजुन, २० वर्षिय मो। अन्सारुल, ४५ वर्षीय मो. बाजील, २२ वर्षीय मो. सोनु र दुई जना नाम नखुलेको व्यक्तिले आक्रमण गरेको घाइतेकी श्रीमती हसिदा खातुनले जानकारी दिइन् । के कारणले उनीमाथि आक्रमण गेर त्यो खुल्न बाँकी रहेको छ । घाइतेका आफन्त आक्रमण गर्ने विरुद्ध जाहेरी दिन अहिले मोरङ प्रहरी कार्यालयमा पुगेका छन् ।
चाडबाडका बेला र एकल लाइ कुतपित गर्नु जघन्य अपराध हुन