बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई विश्वासको मत प्राप्त

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको छ ।

आज दिउँसो ४ बजे र ६ मिनेटमा सुरु भएको प्रदेशसभा बैठकमा पाण्डेले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावको पक्ष विपक्षमा भएको मत विभाजनमा १०४ मत खसेकोमध्ये पाण्डेले ५९ मत पाएका हुन् । विपक्षमा ४३ मत पर्यो भने २ मत तटस्थ रहेको थियो । संसदमा हाल १०९ जना सांसद कायम थिए ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका पाण्डेले संविधानअनुसार नियुक्तिको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । सोही बाध्यात्मक परिस्थितिका कारण मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिएका हुन् ।

मुख्यमन्त्री पाण्डेलाई नेकपा एकीकृत समाजवादी पार्टीका अतिरिक्त नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालले समर्थन जनाएका थिए । विपक्षमा भने एमाले, राप्रपा र साझा विवेकशील पार्टीले मत हालेका छन् भने नेमकिपा तटस्थ बसेको छ ।

सोमबार, २२ कार्तिक, २०७८, साँझको ०५:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर