बेलबारी । आफू जन्मेको गाउँभन्दा चकाचौध शहरको वातावरणलाई मन पराएर ठाउँ छाड्नेहरुको लर्को नै छ, समाजमा । तर, थोरै मानिसहरु यस्ता पनि छन्, जो शहरको लाख कमाई छाडेर आफ्नै गाउँलाई माया गर्दै जोखिम मोलेर काम गरिरहेका छन् ।
यस्तै थोरै युवाहरुमध्ये हुन्, मोरङ बेलबारीका ३९ वर्षीय बिजय सुवेदी । जंगलले घेरिएको सानो शहरका रुपमा बिस्तार हुँदै गरेको आफू जन्मेको गाउँमा उनले १३ करोड बढी खर्चेर प्रदेश १ कै आर्कषक रिक्रेसन सेन्टर (मनोरञ्जन पार्क) खोलेका छन् । बैंकबाट ऋण लिएर सानो बजार भएको गाउँमा महङ्गो रिक्रेसन सेन्टर खोल्नुको उनको एउटै सपना छ, ‘आफू जन्मेको गाउँलाई भविश्यमा पर्यटनमैत्री बनाउनु ।’
सुवेदी तत्कालिन बेलबारी गाउँ विकास समिति ३ मा जन्मिए । गाउँकै स्कूलमा पढे । त्यसपछि पोखरामा होटल मनेजमेन्ट पढे । पोखरा ग्राण्डमा ७ वर्ष र १० वर्ष काठमाडौमा जागिर खाएपछि उनले कान्तिपुर ईन्टरनेशनल कलेजमा पढाए । चाहेको भए लाखौं रुपैयाँ तलब खान उनी विदेश पनि जानसक्थे । होटल मेनेजमेन्टमा मास्टर्स गरेका उनी तालिम दिएर तथा क्याम्पस पढाएर पनि मासिक लाखांै आम्दानी गर्नसक्थे ।
तर, करिब अढाई लाखको तलब र सुबिधाहरु छाडेर आजकल बिजय आफ्नै गाउँ बेलबारीमा रमाएका छन् । उनले दुई वर्ष अघि सञ्चालनमा ल्याएको रिक्रेसन सेन्टरको राखेका छन्, ‘ड्रिमल्याण्ड पार्क ।’ किन यत्रो जोखिम मोलेर यति सानो ठाउँमा रिक्रेसन सेन्टर खोलेका ? लगानी कसरी उठाउनुहुन्छ र मुनाफा कहिले कमाउनु हुन्छ ? अर्को ठाउँ रोजेको भएपनि त हुन्थ्यो होला नि ? भेटघाट र घुमघाम गर्न आउने धेरैले उनलाई यहि प्रश्न गर्ने गरेका छन् । उनी प्रश्नको असजिलो नमानी उत्तर दिने गर्छन्, ‘किनकी यो मेरो ड्रिम हो, आफ्नो गाउँ आफंैले नबनाए अरु कस्ले बनाउँछ त ? मलाई बंैकको ब्याज बढ्दै गयो भन्ने खासै चिन्ता छैन, एक दिन अवश्यक कमाउन सफल हुन्छु ।’
पूर्वपश्चिम राजमार्गको उत्तरदक्षिणमा फैलिएको छ, बेलबारी । मोरङको पुरानो गाउँले बजार भर्खरै फराकिलो बन्दैछ । आकर्षक मनारेन्जन पार्क खुलेसँगै बेलबारीमा पर्यटनको गतिबिधि बढ्दै गएको छ । राजमार्ग किनारको बन क्षेत्रमा पर्ने चर्चित वेतना सिमसारसँगै मानिसहरु बेलबारी ३ मा रहेको ड्रिमल्याण्ड पार्क पनि घुम्न आउन थालेका छन् । ड्रिमल्याण्ड पार्कमा २ सय बढी आनन्द लिने स्पटहरु छन् । पाँचतारे होटल सरहको १० वटा रुम पनि छन् । चिल्डे«न पार्क, ध्यान केन्द्र, स्विमिङ पुल, व्यायमशालादेखि अलग अलग तीनवटा रेष्टुरेन्ट छन् । फनफेस्टा आयोजना गर्ने खुल्ला स्थलहरु छन् ।
विदेशबाट कालिगढहरु ल्याएर करोडौं लगानीमा निर्माण गरेको ड्रिमल्याण्ड सुरु हुनासाथ कोरोना लकडाउन सुरु भयो । तर, बिजय आफ्नो सपना पुरा नहोला की भनेर चिन्तित भएपनि डगमगाएनन् । सुरुमा ६० जनालाई रोजगारी दिएका उनले लकडाउनपछि पनि ३५ जनालाई रोजगारी दिइरहेका छन् । तालिम दिएर आफ्नै गाउँका युवाहरुलाई उनले काममा राखेका छन् ।
लकडाउन खुकुलो भएपछि ड्रिमल्याण्ड पार्कमा घुम्न आउनेहरु बढ्न थालेका छन् । नयाँ वर्षको समयमा एकै दिन १० हजार मानिसले डिमल्याण्ड घुमेपछि बिजय दंग परेका थिए । उनी भन्छन्, ‘सपना देख्नेहरुले प्रतिफलका लागि हतारिन नहुने रहेछ, बिस्तारै नामसँगै दाम पनि आउने रहेछ ।’ उनले अस्पताल र होटल मेनेजमेन्ट स्कूल पनि पार्कभित्रै सञ्चालन गर्ने सोच बनाएका छन् । ड्रिमल्याण्ड पार्कमा २ सय बढी आनन्द लिने स्पटहरु छन् । पाँचतारे होटल सरहको १० वटा रुम पनि छन् ।
बेलबारी । आफू जन्मेको गाउँभन्दा चकाचौध शहरको वातावरणलाई मन पराएर ठाउँ छाड्नेहरुको लर्को नै छ, समाजमा । तर, थोरै मानिसहरु यस्ता पनि छन्, जो शहरको लाख कमाई छाडेर आफ्नै गाउँलाई माया गर्दै जोखिम मोलेर काम गरिरहेका छन् । यस्तै थोरै युवाहरुमध्ये हुन्, मोरङ बेलबारीका ३९ वर्षीय बिजय सुवेदी । जंगलले घेरिएको सानो शहरका रुपमा बिस्तार हुँदै गरेको आफू जन्मेको गाउँमा उनले १३ करोड बढी खर्चेर प्रदेश १ कै आर्कषक रिक्रेसन सेन्टर (मनोरञ्जन पार्क) खोलेका छन् । बैंकबाट ऋण लिएर सानो बजार भएको गाउँमा महङ्गो रिक्रेसन सेन्टर खोल्नुको उनको एउटै सपना छ, ‘आफू जन्मेको गाउँलाई भविश्यमा पर्यटनमैत्री बनाउनु ।’
सुवेदी तत्कालिन बेलबारी गाउँ विकास समिति ३ मा जन्मिए । गाउँकै स्कूलमा पढे । त्यसपछि पोखरामा होटल मनेजमेन्ट पढे । पोखरा ग्राण्डमा ७ वर्ष र १० वर्ष काठमाडौमा जागिर खाएपछि उनले कान्तिपुर ईन्टरनेशनल कलेजमा पढाए । चाहेको भए लाखौं रुपैयाँ तलब खान उनी विदेश पनि जानसक्थे । होटल मेनेजमेन्टमा मास्टर्स गरेका उनी तालिम दिएर तथा क्याम्पस पढाएर पनि मासिक लाखांै आम्दानी गर्नसक्थे ।
तर, करिब अढाई लाखको तलब र सुबिधाहरु छाडेर आजकल बिजय आफ्नै गाउँ बेलबारीमा रमाएका छन् । उनले दुई वर्ष अघि सञ्चालनमा ल्याएको रिक्रेसन सेन्टरको राखेका छन्, ‘ड्रिमल्याण्ड पार्क ।’ किन यत्रो जोखिम मोलेर यति सानो ठाउँमा रिक्रेसन सेन्टर खोलेका ? लगानी कसरी उठाउनुहुन्छ र मुनाफा कहिले कमाउनु हुन्छ ? अर्को ठाउँ रोजेको भएपनि त हुन्थ्यो होला नि ? भेटघाट र घुमघाम गर्न आउने धेरैले उनलाई यहि प्रश्न गर्ने गरेका छन् । उनी प्रश्नको असजिलो नमानी उत्तर दिने गर्छन्, ‘किनकी यो मेरो ड्रिम हो, आफ्नो गाउँ आफंैले नबनाए अरु कस्ले बनाउँछ त ? मलाई बंैकको ब्याज बढ्दै गयो भन्ने खासै चिन्ता छैन, एक दिन अवश्यक कमाउन सफल हुन्छु ।’
पूर्वपश्चिम राजमार्गको उत्तरदक्षिणमा फैलिएको छ, बेलबारी । मोरङको पुरानो गाउँले बजार भर्खरै फराकिलो बन्दैछ । आकर्षक मनारेन्जन पार्क खुलेसँगै बेलबारीमा पर्यटनको गतिबिधि बढ्दै गएको छ । राजमार्ग किनारको बन क्षेत्रमा पर्ने चर्चित वेतना सिमसारसँगै मानिसहरु बेलबारी ३ मा रहेको ड्रिमल्याण्ड पार्क पनि घुम्न आउन थालेका छन् ।
ड्रिमल्याण्ड पार्कमा २ सय बढी आनन्द लिने स्पटहरु छन् । पाँचतारे होटल सरहको १० वटा रुम पनि छन् । चिल्डे«न पार्क, ध्यान केन्द्र, स्विमिङ पुल, व्यायमशालादेखि अलग अलग तीनवटा रेष्टुरेन्ट छन् । फनफेस्टा आयोजना गर्ने खुल्ला स्थलहरु छन् । विदेशबाट कालिगढहरु ल्याएर करोडौं लगानीमा निर्माण गरेको ड्रिमल्याण्ड सुरु हुनासाथ कोरोना लकडाउन सुरु भयो । तर, बिजय आफ्नो सपना पुरा नहोला की भनेर चिन्तित भएपनि डगमगाएनन् । सुरुमा ६० जनालाई रोजगारी दिएका उनले लकडाउनपछि पनि ३५ जनालाई रोजगारी दिइरहेका छन् । तालिम दिएर आफ्नै गाउँका युवाहरुलाई उनले काममा राखेका छन् ।
लकडाउन खुकुलो भएपछि ड्रिमल्याण्ड पार्कमा घुम्न आउनेहरु बढ्न थालेका छन् । नयाँ वर्षको समयमा एकै दिन १० हजार मानिसले डिमल्याण्ड घुमेपछि बिजय दंग परेका थिए । उनी भन्छन्, ‘सपना देख्नेहरुले प्रतिफलका लागि हतारिन नहुने रहेछ, बिस्तारै नामसँगै दाम पनि आउने रहेछ ।’ उनले अस्पताल र होटल मेनेजमेन्ट स्कूल पनि पार्कभित्रै सञ्चालन गर्ने सोच बनाएका छन् ।