एमालेले तोक्यो मतदान केन्द्र

विराटनगर । मंसिर १० देखि चितवनमा हुने नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधित्व गर्ने प्रतिनिधि चयनका लागि हुने निर्वाचनका लागि नेकपा एमाले मोरङले २४ वटा मतदान केन्द्र तोकेको छ । एमालेले मतदान केन्द्रका लागि मतदान अधिकृतहरुसमेत तोकेको छ । ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा हरेक निर्वाचन क्षेत्रमा ३ देखि ५ मतदान केन्द्र रहनेछन् ।

क्षेत्र नम्बर १ मा उर्लाबारीको मदन स्मृति प्रतिष्ठान, मिक्लाजुङको मनोहर जनता मावि, लेटाङको जनसेवा सामुदायिक वन र केराबारीको एकता सामुदायिक वनको कार्यालयमा मतदान हुनेछ । उर्लाबारी नगरपालिकाको मदन स्मृति प्रतिष्ठान केन्द्रको लागि प्रेमप्रसाद भट्टराई, राम गौतम, विश्वनाथ ढुङ्गाना, कविता खनाल र नारायण पराजुलीलाई मतदान अधिकृत तोकिएको छ ।

यस्तै मिक्लाजुङ्गको मनोहर जनता मावि मतदान केन्द्रको लागि कमलप्रसाद काफ्ले, नरेश आचार्य, दुर्गाप्रसाद दुलाल, दुर्गाप्रसाद खड्का र भवानी चौलागाई मतदान अधिकृत छानिएका छन् । एमाले मोरङका अनुसार लेटाङको जनसेवा सामुदायिक वन मतदान केन्द्रको लागि नरबहादुर लिम्बु, नरेन्द्रबहादुर खड्का, राजेन्द्र खतिवडा, खेमराज दुलाल, हरिप्रसाद धिमाल, तारादेवी श्रेष्ठ र कमल अधिकारी तथा केराबारीको एकता सामुदायीक वन मतदान केन्द्रको लागि खड्ग कार्की, स्थिर चापागाई, तिलक राई, सिता बाँस्तोला, पर्शुराम बराल र बसन्त श्रेष्ठ मतदान अधिकृत तोकिएका छन् ।

यसैगरी क्षेत्र नम्बर २ को रतुवामाई नगरपालिकास्थित सौठा मावि मतदान केन्द्रको लागि भरत कार्की, खगेन्द्र राई, मेघराज कोईराला, कृष्ण ढकाल र कुमार डाँगीलाई मतदान अधिकृत तोकिएको छ । सुनवर्षी नगरपालिकाको पटियापाडामा हुने मतदानको लागि चिन्तामणी अधिकारी, संजय पडित, खगेश्वर भट्टराई, कासिराम दास र भवनाथ ढकाल मतदान अधिकृत तोकिएका छन् । यस्तै रंगेलीको वडा १,२,३,८ र ९ को लागि रञ्जनी मावि मतदान केन्द्रमा चुडामणी रेग्मी, झमक काफ्ले, ढकप्रसाद आचार्य, प्रदिप न्यौपाने र मोतिराम ढुंगाना मतदान अधिकृत रहनेछन् भने कानेपोखरी १, २ र ३ को लागि दलेली माविमा हुने मतदानमा मतदान अधिकृतहरु हेमचन्द्र भण्डारी, पदमकाजी थापा, रत्न काफ्ले, बुद्धिमान चौलागाईं र नारायण काफ्ले तोकिएका छन् । पथरीशनिश्चरे नगरपालिकाको ५ र ६ नम्बर वडाको भातिगौंडा स्कूलमा हुने मतदान गणेश दाहाल, महेन्द्र बिष्ट, बिशालराज राई, पुण्यप्रसाद खरेल र रामसागर मण्डलले कमाण्ड गर्नेछन् ।

क्षेत्र नम्बर ३ को सुन्दरहरैचा नगरपालिकाका १, ८, ९, १०, ११ र १२ नम्बर वडाको मतदान सुकुना बहुमुखी क्याम्पसमा हुनेछ । त्यसको लागि टिका ढकाल, नवराज कोइराला, अर्जुन बस्नेत, गोपाल पाठक, गंगा देवान र सुर्य बस्नेत मतदान अधिकृत चुनिएका छन् । बेलबारी नगरपालिकाको १, २, ३, ४, ८, ९, १० र ११ नम्बर वडाको बेलबारी पार्टी कार्यालयमा हुने मतदानको लागि प्रेमकुमार कार्की, गणेश दाहाल, हरि सुवेदी, पुण्य कोइराला, गोबिन्द भण्डारी र दुर्गाप्रसाद गौतम मतदान अधिकृत चुनिएका छन् ।

कानेपोखरीको ४, ५, ६ र ७ नम्बर वडाको जनसेवा मावि रमाइलोमा हुने मतदानको लागि मतदान अधिकृतहरु दामोदर सिग्देल, पुष्प सुवेदी, गंगाकुमार यादव, गंगाराम अधिकारी, प्रमोद निरौला र धर्मराज थापा चुनिएका छन् । यसैगरि पथरी शनिश्चरेको १, २, ३, ४, ७, ८ र ९ नम्बर वडाको पथरी बहुमुखी क्याम्पसमा हुने मतदानको लागि मोहन तुम्बापो, दिपक बस्नेत, चेतन पौडेल रोहित पराई, अर्जुन बुढाथोकि र दुर्गा सुवेदी दंगाल मतदान अधिकृत छन् ।

क्षेत्र नम्बर ४ को बेलबारी नगरपालिकाका ५, ६ र ७ वडाको लागि सोमबारे स्कूलमा हुने मतदान गराउन डिल्ली कटुवाल, अर्जुन राई, गोपाल कार्की र बुद्धिबिनोद गिरी मतदान अधिकृत छानिएका छन् । यस्तै कटहरी गाउँपालिकाको सरदार बाँतर साँस्कृतिक भवनमा हुने मतदानको लागि भरत मगर, थिरप्रसाद पौडेल, महेन्द्र थपलिया र दिलिप सरदार मतदान अधिकृत छन् भने ग्रामथानको सामुदायिक भवन नेता चोकमा हुने मतदान गुणराज काफ्ले, पशुपति लुईटेल, सत्यनारायण चौधरी, निरबहादुर तामाङ र तुलाराम चौधरीले गराउनेगरि जिम्मा दिएको एमालेले जनाएको छ । विराटनगर महानगरपालिकाको १, २, ३, ८, १० र १९ नम्बरको लागि बिष्णुमाया पुस्तकालयमा हुने मतदानको लागि इश्वर निरौला, संजोग लुईटेल, देवी प्रधान, राम पोखरेल र लोकबहादुर बस्नेत मत दान अधिकृत चुनिएका छन् ।

क्षेत्र नम्बर ५ अन्तर्गत जहदा गाउँपालिकाको लागि जनता मावि, लक्षुमनीयामा मतदान हुनेछ । त्यससको लागि नविन गौतम, ताराचन्द राजवंशी, राजेन्द्र मण्डल, सुरज राजवंशी र धर्मेन्द्र राजवंशी मतदान अधिकृत चुनिएका छन् । धनपाल थान गाउँपालिकाको लागि शारदा मावि कर्सियामा हुने मतदानको लागि सम्पतलाल मण्डल, अरुणकुमार साह, मटकलाल राजवंशी, गंगादेवी राजवंशी, अशोक राजवंशी र महेश्वर यादव मतदान अधकिृत चुनिएका छन् ।

रंगेली नगरपालिकाको लागि मधुवनी स्कूलमा हुने मतदानको लागि हरिप्रसाद पोखरेल, टिकमप्रसाद राजवंशी, दिपेन्द्र थापा, विवेक कार्की, गुरुप्रसाद अधिकारी र दिनानाथ झा मतदान अधिकृत छन् । यस्तै विराटनगर, १३, १४, १५, १६, १७ र १८ नम्बर वडाको रानी युवा क्लवमा मतदान हुनेछ । त्यसको लागि अमृतबहादुर गुरुङ्ग, बिष्णु डंगोल र बिन्दु लावती मतदान अधिकृत छानिएका छन् ।

क्षेत्र नम्बर ६ को सुन्दरहरैचा नगरपालिका २, ३, ४, ५, ६ र ७ नम्बर वडाको लागि जुपिटर बोर्डिङ स्कुलमा मतदान हुनेछ । त्यसको लागि हरिश्चन्द्र ढकाल, श्यामप्रसाद भट्टराई, देवी सिटौला, सन्तोष घिमिरे र लक्ष्मी गौतम मतदान अधिकृत छन् । बुढीगंगा गाउँपालिकाको नारायण माविमा हुने मतदानको लागि मतदान अधिकृतहरु बैजु बिश्वास, धनेशकुमार निरौला, माधव निरौला, दुर्गाकुमारी मगर र युवराज बुढाथोकी तोकिएका छन् भने विराटनगर ४, ५, ६, ७, ९, ११ र १२ वडाको पार्टी कार्यालय पाञ्चालीमा हुने मतदान धर्माननन्द खरेल, तारा निरौला, हरि पराजुली, रविन्द्र वस्ती, दिव्यराज कट्टेल, केदार कार्की र रमा रिजालले गराउनेछन् ।

नेकपा एमालेको केन्द्रीय निर्देशन अनुसार पहिलो १२ सय पार्टी संगठित सदस्य बराबर एक जना महिलासहित तीन जना प्रतिनिधि छानिनेछन् । त्यसपछि प्रत्येक ८ सय बराबर १ जना प्रतिनिधि र अर्काे ८ सयमा १ महिला अनिवार्य हुने गरि प्रतिनिधि चयन गर्नुपर्ने । दलितको हकमा भने ५ सय पार्टी संगठित सदस्य बराबर १ जना प्रतिनिधि र थप ५ सयमा १ महिला अनिवार्य हुनेगरि प्रतिनिधि चयन हुनेछन् ।

मोरङमा एमालेका २७ हजार संगठित सदस्य छन् । प्रतिनिधि छनौटका लागि यहि कात्तिक २७ गतेका लागि निर्वाचन मिति तय गरिएको छ । त्यसका लागि २३ कात्तिकमा मतदाता नामावली प्रकाशन, २५ गते पार्टी कार्यालय पाञ्चाली विराटनगरमा बिहान १० देखि २ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको छ ।

मनोयन दर्ताका लागि १ हजार रुपैयाँ शुल्क मात्र कायम गरिएको छ । नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले निर्वाचनको खर्च धान्नेगरि ५ हजार शुल्क कायम गर्नुपर्ने आवाज उठेपनि १ हजार मात्र कायम गर्ने निर्णय भएको बताएका छन् ।

सोमबार, २२ कार्तिक, २०७८, बिहानको १०:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर