मन्त्री यादवलाई सम्मान

विराटनगर । सामाजिक विकास मन्त्री जयराम यादवलाई आइतबार विराटनगर १४ स्थित रामजानकी संरक्षण समितिले सम्मान गरेको छ ।

संरक्षण समितिको सदस्यसमेत रहेका यादव प्रदेश १ सरकारको मन्त्री पदमा नियुक्त भएको भन्दै विशेष कार्यक्रम आयोजना गरी सम्मान गरिएको हो । मन्त्री यादवलाई समितिका अध्यक्ष चन्द्रानन्द यादवले दोसल्ला र सम्मान पत्र प्रदान गरी सम्मान गरेका थिए । अध्यक्ष यादवले पशुपतिनाथ मन्दिरको प्रतिमा पनि उपहारस्वरुप प्रदान गरेका थिए ।

स्थानीय जतुवामा रहेका अन्य विभिन्न संघसंस्थाहरुले पनि सोही अवसरमा मन्त्री यादवलाई सम्मान गर्दै विभिन्न जाति समुदायको संस्कृतिको जगेर्ना गर्न आग्रह गरेका थिए । त्यस क्रममा सूर्योदय मिल्क एण्ड बेभरेज ईण्डष्ट्रिज प्रा.ली, न्यू बाबा इँटा उद्योग प्रा.ली. धनपाल थान लगायतका संघसंस्थाले सम्मान तथा शुभकामना व्यक्त गरेका थिए ।

आइतबार, २१ कार्तिक, २०७८, साँझको ०७:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर