पत्रकार लुङ्गा सम्मानित

विराटनगर । पत्रकार प्रेम देवान (लुङ्गा) सम्मानित भएका छन् । किराँत याक्खा छुम्मा महानगर कमिटि विराटनगरले पत्रकार देवानलाई शुभकामना आदान प्रदान कार्यक्रममा सम्मान गरेको हो ।

सम्मानित भएका देवान किराँत याक्खा छुम्मा महानगर कमिटिका सचिव पनि हुन् । लुङ्गालाई किराँत याक्खा छुम्माका केन्द्रिय कोषाध्यक्ष तथा महानगर कमिटिका वरिष्ठ सल्लाकार भुपेन्द्र देवान र महानगर अध्यक्ष विनादेवी जिमीले सम्मान गरेका थिए । शुभकामना आदान प्रदान कार्यक्रमलाई किरात याक्खा छुम्मा केन्द्रिय कोषाध्यक्ष भुपेन्द्र देवान, सदस्य विमला लिम्वुखिम महानगर सल्लाकार मनोहर देवान , महानगर अध्यक्ष विनादेखी जिमी लगायतले बोलेका थिए । विराटनगरमा २ सय बढीको संख्यामा याक्खा जातीहरु बस्दै आएका छन् ।

बिहिबार, १८ कार्तिक, २०७८, बिहानको ०८:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर