विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दिएको राजीनामा स्वीकृत भएको छ ।
प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यको राजीनामा स्वीकृत गर्दै मंगलबार १ बजेभित्र नयाँ सरकार गठनको दाबी पेश गर्न दलहरुलाई आह्वान गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी विमल पौडेलका अनुसार संविधानको धारा १८८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा धेरै दलहरुको समर्थनमा मुख्यमन्त्रीको दावी पेश गर्न दलहरुलाई आह्वान गरिएको हो । मुख्यमन्त्री आचार्यको राजीनामा स्वीकृत गरेलगत्तै प्रदेश प्रमु्खले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।