भत्किएका घर लिपपोत गर्दै पीडितहरू (फोटो)

विराटनगर । केही दिनअगाडि वर्षासँगै आएको लोहोन्द्रा खोलाको बाढीले थुप्रै साना ठूला बस्ती डुबानमा परे ।

केहीको घर बगायो, केहीको घर डुबायो । केहीको अझै घर वरिपरि पानी जमिरहेको छ । मोरङ धनपालथान गाउँपालिका ७ दादरबैरयातीको दलित वस्तीमा रहेका सयौं सर्वसाधरणको फुसको घर पनि भत्काइदियो । अहिले त्यहाँका सर्वसाधरण त्यही भत्किएको फुसको घरलाई लिपपोत गर्दैछन् । वस्तीमा पुग्दा महिला तथा बालबालिकाहरुमध्ये कोही हिलो माटो बोक्दै घर छेउ पुर्याइरहेका थिए भने कोही लिपपोतमा व्यस्त थिए । हाम्रोमतकर्मी अनिल श्रेष्ठले खिचेका केही तस्बिरहरु यहाँ राखिएको छ ।

सोमबार, ०८ कार्तिक, २०७८, बिहानको १०:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर