विराटनगर एयरपोर्ट शनिबार मात्रै संचालनमा आउने, बुद्ध र श्रीका दुईटा जहाज काठमाडौं पठाइयो

विराटनगर । जलमग्न भएर तीन दिनदेखि अवरुद्ध विराटनगर विमानस्थल शनिबार अघि सुचारु हुन नसक्ने भएको छ । विमानस्थलमा जमेको पानी अझै बाहिरीनसकेका कारण विमानस्थल अवरुद्ध नै भएको हो ।

विराटनगर विमानस्थल प्रमुख उत्सब खरेलले दिएको जानकारी अनुसार बिहीबार साँझ बुद्ध र श्री एयरका दुईटा खाली जहाज काठमाडौं पठाइएको छ । ‘अहिले पनि पूर्ण रुपले पानी सुकेको छैन’, उनले भने ‘त्यसैले अहिले यहाँ रहेका दुईटा विमान खाली नै काठमाडौं पठाउने तयारी भएको छ । यदि मौसम सफा रह्यो भने शनिबारबाट विमानस्थल खुल्न सक्छ ।’

बुधबार बिहानदेखि पानी रोकिएको र बिहीबार घाम लागेका कारण पानी सुक्न थालेको छ । तर, विमानस्थलको सबैतिर जमेको पानी पूरै सुकेको भने छैन । शुक्रबारसम्ममा बिमानस्थलको रनवे सफा भइसकेको पोखरेलले बताए ।

बिहिबार, ०४ कार्तिक, २०७८, साँझको ०७:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर