विराटनगर । शनिबार राति आएको हावाहुरीले पूर्वी मोरङका विभिन्न क्षेत्रमा लगाएको धानखेतीमा ठूलो नोक्सानी गरेको छ ।
हुरी बतासले कयौं विघामा लगाएको धान खेतमै ढलेको छ । पाकेर काट्ने बेला भएको धान हावाले लढाएको छ भने राति सामान्य वर्षासमेत भएको छ । वर्षाले ढलेको धान कुहिने चिन्ताले किसानहरुलाई पिरोलेको छ ।
जल तथा मौसम विज्ञान विभागले केही दिन मौसममा बदलाव आएर धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको भन्दै सचेत गराइरहेको बेला हावाहुरी आएको हो । अब पानी परेको खण्डमा अहिले लढेको धानबालीमा थप क्षति हुसक्ने किसानहरुले बताएका छन् ।
मोरङको उर्लाबारी, मधुमल्ला, इटहरा, लगायतका क्षेत्रमा हावाहुरीले धानखेतीमा नोक्सानी पुर्याएको बताइएको छ ।