ताप्लेजुङ । सदरमुकाम फुङलिङबाट सिरिजङ्घा गाउँपालिका ४ तेल्लोक जाँदै गरेको जिप दुर्घटना हुँदा १८ जना घाईते भएका छन् ।
बिहीबार साँझ मेची राजमार्ग अन्तर्गत फुङ्लिङ नगरपालिका ८ स्थित ल्याङ्बाको पुच्छार ट्रनिङमा जिप दुर्घटना भएको हो।
मे १ ज २०५६ नम्बरको बलेरो जिप दुर्घटना हुँदा जिपमा सवार १८ जना घाइते भएका छन्। घाईतेमध्ये गम्भीर अवस्था भएका ७ जनालाई जिल्ला अस्पताल ताप्लेजुङले सुविधा समपन्न अस्पतालमा लान रेफर गरेको छ।
जिल्ला प्रहरी कार्यलय ताप्लेजुङको प्रारम्भीक अनुसन्धान अनुसार ब्रेक फेल भएर दुर्घटना भएको बताएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवत्ता प्रहरी निरीक्षक राकेश यादवले भने, ‘जिपमा १८ जना यात्रु थिए। ८ जना सामान्य उपचारपछि फर्किए।”
यादवका अनुसार जिप चालक फुङलिङ नगरपालिका ८ का डिल्ली बिक्रम सुनुवार र जिप मालिक सिरिजङ्घा गाउँपालिकाका सञ्जिव मावो सहित फुङलिङ नगरपालिका ४ का चन्द्र बस्नेत, नमुना बस्नेत, रिपब्लिक बस्नेत र रोमन बस्नेत सवार थिए । सोही वडाका अत उल्लाह, सजाद अली र अब्दुल करी पनि जिपमा सवार थिए ।
सिरिजङ्घा गाउँपालिका ६ का प्रमिला लिम्बू उनका छोरा ससिहाङ मावो र फुङसामा मावो सवार थिए । सोहि वडाका विमला लिम्बू, उनका छोरा रिजन लिम्बू, सिरिरजंगा ८ का सन्त मावो लिम्बू, पदम लिम्बू, राजकुमार दर्जी र मिक्वाखोला गाउँपालिका ३ का डेबिड लिम्बू जिपमा सवार थिए । जसमध्ये फुङ्लिङ नगरपालिका ४ का चन्द्र बस्नेतको अवस्था गम्भीर रहेको जिल्ला अस्पताल ताप्लेजुङले जनाएको छ । जिप सडकबाट तल झरेपनि रुखमा गएर अल्झिएकोले ठूलो दुर्घटनाबाट बँचेको प्रत्यक्षदर्शीहरुले बताएका छ्न् ।ल्याङ्वा ताप्लेजुङको दुर्घटना भइरहने क्षेत्र हो।