कानेपाेखरी । नेकपा (एकीकृत समाजवादी) कानेपाेखरी गाउँ कमिटीले रमाईलाे बजार व्यवस्थापन समितिलाई तीन थान फलामे बेन्च हस्तान्तरण गरेकाे छ ।
साे पार्टीका कानेपाेखरी गाउँपालिका संयाेजक भूमि दुलालले रमाईलाे बजार व्यवस्थापन समितिका सदस्य खेमराज श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।
आफूहरूले पार्टीको गतिविधिलाई सामाजिक काममा लगाएकाे दुलालले बताए । उनका अनुसार बेन्च निर्माणका लागि दुलालसहित मिनबहादुर बस्नेत र मनिष थापाले आर्थिक सहयाेग गरेका हुन् ।