शरणार्थीको दसैं : छैन उत्साह

पथरी । हिन्दू धर्मावलम्बीहरुको महान चाड दशैं आँगन मै आइपुगेको छ। गाउँदेखि सहरसम्म दशैंको आगमनसँगै चहलपहल बढ्दो छ ।

तर मोरङको पथरीशनिश्चरे १० मा अवस्थित भुटानी शरणार्थी क्याम्प भने येति बेला सुनसान जस्तै भएको छ। न दशैंको चहलपहल न त दशैंको रौनकता । उनीहरुको मुहारमा भाबुकता झल्किएको प्रष्ट देख्न सकिन्छ । भुटानमा छोडिएका आफ्न्त र उनीहरु सँग दशैंमा बिताएका पलले उनीहरुलाई नमिठोसँग पिरोल्छ ।

७१ वर्षीय भीममाया तामाङ ३१ वर्षअघि भुटानबाट नेपाल आईन। साथमा ११ वर्षीय छोरी लिएर आएकी उनलाई त्यसयता दशैं दशैं जस्तो भएको छैन। भुटानका साथीहरु, छिमेकी र आफन्त सम्झिएर पनि उनलाई दशैं नरमाइलो लाग्छ । तर उनी भुटान छ्दाँ देखि नै दशैं मनाउँदै आएकोले संस्कारको निरन्तरता दिन भएपनि दशैं मनाउँछिन् । उनी भन्छिन्, “भुटानमा रहँदादेखि नै दशैं मनाउँछु। उताका आफन्त र साथीहरू अनि उनीहरुसँग बिताएका पलले नरमाइलो लाग्छ। तर पनि संस्कारको निरन्तरता दिन दशैं मनाउँदै आएको छु।”

१४ हजारको हाराहारीमा रहेका भुटानी शरणार्थीहरु अमेरिका, अष्ट्रेलिया लगायतका बाहिरी मुलुक जान पाउने व्यवस्था लागू भएसँगै अहिले ६ हजारको हाराहारीकाे संख्यामा क्याम्पमा बस्दै आएका छ्न् । क्याम्पमा बस्नेहरुलाई शरणार्थीहरुको उच्च आयोग युएनएचसिआरले एक जना बराबर प्रत्येक तीन महिना एक पटक तीन हजार रुपैयाँ बाहेक अन्य व्यवस्था गरेको छैन भने नेपाल सरकारले पनि अहिलेसम्म शरणार्थीहरुको लागि कुनै सहयोग गरेको छैन।

युएनएचसिआर र नेपाल सरकार दुबैले केही सहयोग नगर्दा आफ्नो देश र आफ्ना आफन्तसँगको वियोगान्त बाँच्न विवश उनीहरुलाई थप पीडा भएको छ। सबै परिवारका बाहिरी देश गएका छैनन् । बाहिरी देश गएकाहरुले चै दशैं खर्च पठाउँदा सो परिवारलाई राहत भएको छ। भीममाया भन्छिन् “चाडपर्व भन्नू हाम्रो लागि नआईदिए हुन्थ्यो ।न युएनएचसिआरको सहयोग छ न त नेपाल सरकारको। दशैं खर्च जोहो गर्न नै कठीन हुन्छ।” कुखुरा सुँगुर पालेर घर खर्च चलाउँदै आएकी उनलाई दशैं खर्च कसरी जोहो गर्ने भन्ने पीडाले थप सताएको छ।

सोही शिविरमा बस्ने ७३ वर्षीय बिरबहादुर र ६८ वर्षीय मसिनी राईको पीडा पनि उस्तै छ। उनीहरु पनि नेपाल आएको ३१ वर्ष भयो। पाँच जना छोराछोरी बोकेर भुटानबाट हिंडेका उनीहरुले दुःखै दुःख भोगी रहनु पर्यो। भुटानको चिराङ जिल्लाबाट नेपाल हिंडेका उनीहरुलाई देश छोडेर जानुको पीडा त छँदै थियो त्यसमाथि आधा बाटो मै दुई नानीहरुको अल्पायुमै भएको अकल्पनीय मृत्युले उनीहरुलाई अझ पीडाको पहाड झरेर किच्याएको जस्तै भयो।

बाटोमा नै नानीहरूको सदगद गरेर उनीहरुको नेपाल यात्रा अघि बढयो। नेपाल आएको केही समयपछि साथमा भएका तीनमध्ये दुई नानीहरूको समयमै उपचार नपाएर निमोनियाको कारणले मृत्यु भयो। एक पछि अर्को दुःख भोग्दै आएका राई दम्पतीलाई हरेक वर्ष चाडपर्वले रुवाएर जान्छ। चार सन्तानको वियोगान्तमा बाँचीरहेका उनीहरुको एउटा छोरा अमेरिका गएको छ ।

तर उनीहरुलाई पैसा भने खासै पठाउँदैन । वीरबहादुर भन्छ्न, “एउटा छोरो अमेरिका गाको छ तर पैसा माग्दा कहिलेकाँही पचास, सय डलर पठाउँछ नुन तेल किन्दै सकिन्छ । उता नि दुःख छ भन्छ ।” त्यसो त छोरासँग बोल्नको लागि न त उनीहरुसँग फोन नै छ न त ईन्टर नेटको सुबिधा । उनीहरु छिमेकीको फोन बाट कहिलेकाही छोरासँग कुरा गर्छन् । सानो करेसा बारिमा साग सब्जी लाएर त्यही सब्जी बेच्दै गुजारा गर्दै आएका उनीहरुलाई दशैं मनाउन सकस भएको छ। भुटान छँदादेखि नै दशैं मनाउँदै आएका उनीहरुलाई चाडपर्वले देश र आफन्तसँग बिछोडिएको पीडा अनि अझ देश छोड्ने क्रममा साथमा लिएर हिँडेका चार सन्तानको वियोगान्त माथि आर्थिक संकटको पीडासमेत भोग्न विवश भएका छ्न्।

बिहिबार, २८ असोज, २०७८, बिहानको ०८:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर