जेफालेका प्रसिद्ध चिया उद्यमी नारायणप्रसाद राईको निधन

कोरोना उपचार गरेर नतिजा नेगेटिभ आएको केहि समयपछि हृदयघातको कारण राईको मृत्यु भएको पारिवारिक स्रोतलाई उदृत गर्दै खड्काले बताए ।

५७ वर्षका राईले २०५६ सालमा उत्तरी मोरङमै पहिलोपटक मातृभूमि टि–स्टेट प्रालिमार्फत चिया खेती सुरु गरेका थिए । अर्गानिक चिया उत्पादन गर्ने, आफै प्रशोधन गर्ने र विदेश निर्याप्त गर्ने राईले उत्तरी मोरङमा पहिलोपटक चिया खेती सुरु गरेका थिए । भारत, चीन लगायत युरोप अमेरिकामा राईको चिया निर्यात हुने गथ्र्यो ।

उनले जिल्ला कृषि विकास कार्यालय मोरङबाट २०७१ सालमा राष्ट्रपति उत्कृष्ठ कृषक पुरस्कार पाएका थिए । २०७२ मा विराटनगरमा भएको नवौँ प्रांगारिक कृषि मेलामा समेत प्रथम भएका थिए राई । यस्तै २०७३ सालमा विराटनगरमै भएको खाद्य मेलाको प्रथम विजेता समेत उनै थिए । समुन्द्र सतहबाट १७ सय मिटरको उचाहिमा उत्पादन हुने उनको चियाको आफ्नै ब्रान्ड छ । अर्गानिक तथा ग्रीन टिका पारखी तथा उत्पादकहरु उनको बगान क्षेत्रमा नियमित पुग्ने गर्थे । नेपालप्रेसबाट साभार

बिहिबार, १४ असोज, २०७८, रातीको १०:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर