भ्रष्टाचारको विरोध गर्नेसँग स्पष्टीकरण मागः फ्याकल्टी, जेआर र विद्यार्थी आन्दोलित

धरान । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका फ्याल्टी वेल्फेयर सोसाइटीका अध्यक्ष डा. विष्णु पोखरेललाई प्रतिष्ठानमा भ्रष्टाचार भएको विषय उठाएको भन्दै उपकुलपतिले स्पष्टिकरण सोधेका छन् ।

भ्रष्टाचारको विषयमा कुरा उठाएर त्यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई म्यासेज गरेका पोखरेललाई प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरीले स्पष्टीकरण सोधेपछि चिकित्सक तथा विद्यार्थीहरु आन्दोलित भएका छन् ।

प्रतिष्ठानको अनियमितताबारे डा.पोख्रेलले अख्तियार प्रमुख एसएमएस गरेका थिए भने अन्यलाई पनि एसएमएस गर्न अपिल गरेका थिए । सोही बिषयलाई लिएर प्रतिष्ठानका उपकुलपति डा.गिरीले उनलाई आइतबार स्पष्टीकरण सोधेका हुन् ।

उपकुलपति डा.गिरीले प्रतिष्ठानको नियमावलीमा उल्लेखित आचारसंहिता विपरीत कार्य गरेकोमा कारबाही किन नगर्ने भन्दै ३ दिनभित्र स्पष्टीकरण पेश गर्न भनेका छन् । अनियमितताबारे आवाज उठाउदा स्पष्टीकरण सोधिएको भन्दै फ्याल्कटी वेल्फेयर सोसाइटीले भने आपत्ति प्रकट गरेको छ ।

स्पपष्टीकरणको विरोधमा मंगलबार बिहान उपकुलपति कार्यालयअघि फ्याकल्टी, जेआर र विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका थिए । उनीहरुले २४ घण्टाभित्र स्पष्टीकरण फिर्ता लिएर उपकुलपतिले माफी नमागे थप कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

डा. पोखरेलले आपूmले स्पष्टीकरण आपूmलाई सोमबार राति प्राप्त नभएको बताएका छन् । तर, त्यसबारे समाचार सोमबार दिउँसो नै सार्वजनिक भएको थियो । सम्बन्धित व्यक्तिले स्पष्टीकरण पत्र नपाई कसरी मिडियामा पुग्यो भन्नेबारे उपकुलपतिले जानकारी दिनुपर्नेए फ्याकल्टी वेल्फेयर सोसाइटीका महासचिव डा. एसपी रिजालले बताए ।

आफुले प्रतिष्ठानको बेथितीबारे आवाज उठाउँदा भविष्यमा अरुले पनि आवाज उठाउन नसकोस् भनेर स्पष्टीकरण सोधिएको डा. पोखरेलको भनाइ छ । जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीका उपाध्यक्ष डा.पदम नेपालीले प्रतिष्ठानमा भएको समस्या र बेथितीहरुबारे पदाधिकारीहरुले स्पष्टीकरण दिनुपर्ने बताएका छन् ।

मङ्गलबार, ०१ असार, २०७८, दिउँसोको ०२:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर