झापा । झापाको कमल गाउँपालिका–३ मा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यू भएको छ । झापाको कमल गाउँपालिका–३ सानो केर्खामा बिहीबार राति ९ बजेतिर दुर्घटना हुँदा शिवसताक्षी नगरपालिका १ का ६२ वर्षे साने दर्जीको मृत्यू भएको हो ।
पैदल यात्रा गरिरहेका दर्जीलाई प्रदेश ३–०१–०२४ च ४५३५ नम्बररको स्कारपियोले ठक्कर दिएको थियो । ठक्करबाट दर्जीको घटनास्थलमै मृत्यू भएको थियो । प्रहरीले स्करपियो र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।