पाटनको आईसियुमा कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौँ । पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

अस्पतालका निर्देशक डा. विष्णु शर्माका अनुसार साउन ६ गते भर्ना भएकी महिलामा उच्च रक्तचापको समस्या रहेको थियो ।

वीरगन्जबाट काठमाडौं आएसँगै रुघाखोकीलगायत समस्या देखिएपछि ती महिला जाँच गराउन स्टार अस्पताल गएकी थिइन् । आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा नै सास फेर्न गाह्रो भएपछि उनलाई स्टार अस्पतालमै भेन्टिलेटरमा राख्नुपरेको थियो ।

उपचारको क्रममा कोरोना परीक्षण रिपोर्ट पनि पोजिटिभ आएपछि उनलाई पाटन अस्पतालको आईसीयूमा सारिएको थियो । उनको परिवारका सदस्यहरुको पनि पीसीआर परीक्षण गर्दा अधिकांशको रिपोर्ट पोजिटिभ आएको बताइएको छ ।

शुक्रबार, १६ साउन, २०७७, दिउँसोको ०२:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर