रुखले ज्यान लियो, चार पक्राउ

धरान । सुनसरीको धरान ४ पत्रङबारी सामुदायिक वन परिसरभित्र अवैधानिक रूपमा रुख काट्ने क्रममा एक युवाको मृत्यु भएको छ ।

रुखले किचेर धरान ४ का २० वर्षीय कुमार राईको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय धरानले सोधपुछका लागि चार युवालाई नियन्त्रणमा लिएको छ ।

रुख काट्ने क्रममा राईलाई रुखले टाउँकोमा लाग्दा गम्भीर घाइते बनेका थिए । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुन नसकेपछि विराटनगरको न्यूरो हस्पिटलमा लगिएकोमा बिहीबार बिहान उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले घटनाका विषयमा अनुसन्धान भइरहेको बताउनुभयो । पक्राउ परेकाहरुको बारेमा प्रहरीले थप जानकारी दिएको छैन ।

बिहिबार, १८ बैशाख, २०७७, साँझको ०६:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर