प्रदेश २ का प्रदेश प्रमुख परियार हटाइए

विराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुखलाई पदबाट हटाएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी हुन् ।

परियार दलित समूदायबाट प्रतिनिधित्व गर्ने एकमात्र प्रदेश प्रमुख हुन् । पूर्व माओवादीको तर्फबाट प्रदेश प्रमुख बनेका उनी प्रधानमन्त्रीको पक्षमा नउभिने संकेत पाएर राष्ट्रपति मार्फत पदमुक्त गरिएको हुनसक्ने बताइएको छ ।

शुक्रबार, ०७ फागुन, २०७७, दिउँसोको ०३:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर