प्रदेश १: ३७२ संक्रमित थपिए, १३८ डिस्चार्ज

विराटनगर । प्रदेश १ पछिल्लो २४ घण्टामा ३७२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १५९, झापामा ९७, सुनसरीमा ५७, संखुवासभामा २७, इलाममा १२, पाँचथरमा ४, भोजपुरमा २, ते¥हथुम र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा १२१ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ४७ महिला र ७४ पुरुष छन् । मोरङको लेटाङ, बेलबारी र बुढीगंगामा ६–६, रंगेलीमा ४, उर्लाबारी र रतुवामाईमा ३–३, सुन्दरहरैचा र कटहरीमा २–२, मिक्लाजुङ, ग्रामथान र धनपालथानमा १–१, र स्थानीय तह नखुलेका ३ जनामा संक्रमण देखिएको छ ।

उता झापाको झापा गाउँपालिकामा ३४, भद्रपुरमा २२, दमकमा ११, विर्तामोडमा १०, अर्जुनधारामा ५, कनकाई, बुद्धशान्ति, हल्दिबारी, मेचीनगर, शिवसताक्षी र गौरादहमा २–२ र गौरीगञ्ज र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । यसैगरि सुनसरीको इटहरीमा २८, धरानमा १३, रामधुनी र इनरुवामा ५–५, दुहवीमा २, भोक्राहानरसिंह र गढीमा १–१ र स्थानीय तह नखुलेका २, संखुवासभाको खाँदबारीमा २७, इलामको इलाम नगरपालिकामा १०, रोङ र देउमाईमा १–१, पाँचथरको फिदिममा ४, भोजपुरको अरुण र स्थानीय तह नखुलेका १–१, ते¥हथुमको लालीगुराँसमा १, उदयपुरको कटारीमा १ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २६ हजार २५२ पुगेको छ ।

प्रदेशबाट बुधबार १३८ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । होम आईसोलेसेनबाट १३७ र मेची अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २१ हजार २८९ पुगेको छ ।

प्रदेशमा बुधबार १ हजार २३८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १४७ महिला र २२५ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ८६ हजार ९९८ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

बुधबार, १० मंसिर, २०७७, दिउँसोको ०४:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर